काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाले विभिन्न ५ विधेयक प्रमाणित गर्नुभएकाे छ ।
प्रतिनिधि सभामा उत्पत्ति भएर संघीय संसद्का दुबै सदनका बैठबाट विभिन्न मितिमा पारित भएका तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसहित ५ विधेयक प्रमाणित गर्नुभएकाे हाे ।
सभामुखले तेजाबसहित यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक र सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणित गर्नुभएकाे हाे । प्रमाणति विधेयकहरु राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएपछि कानुनी रुप लिनेछन् ।
