काठमाडाैं । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा काण्डमा सत्यतथ्य पत्ता लगाउन गठित संसदीय छानबिन विशेष समितिका सदस्य हेरफेर गरिएको छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सो संसदीय छानबिन विशेष समितिका सदस्य पुष्पा भुसालको ठाउँमा मानबहादुर विश्वकर्मालाई राख्न गर्नुभएकाे प्रस्ताव स्वीकृत भएकाे छ ।
भुसालले उपसभामुखका लागि उम्मेदवारी दिएपछि उहाँकाे ठाउँमा विश्वकर्मालाई राखिएकाे हाे । अनधिकृत व्यक्तिलाई राखेर करका दर हेरफेर गर्दै बजेट निर्माण गरेकाे आराेपमा शर्मामाथि छानबिनका लागि असार २२ गते संसदीय छानबिन विशेष समिति गठन गरिएको थियो ।
समितिमा प्रमुख प्रतिपक्ष एमालेका ४ जनासहित ११ जना सदस्य छन् । समितिले काम थालिसकेकाे छ ।
