काठमाडौं । नेकपा एमालेकी सांसद गंगा चौधरी सत्गौवाले राजनीतिक स्वार्थ पूरा गर्न नागरिकता सम्बन्धी प्रावधान खुकुलाे पारिएकाे भन्दै आपत्ति जनाउनुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा नागरिकता विधेयक माथिको छलफलमा भाग लिँदै सांसद् चौधरीले वैवाहिक अंगीकृत नागरिकताको प्रावधानलाई कठोर बनाउनुपर्ने बताउनुभयाे । नागरिकता देशकाे मेरुदण्ड भएकाे भन्दै उहाँले साेही मेरुदण्डकाे ढाड भाँच्ने काम सरकारले गरिएकाे उहाँले बताउनुभयाे ।
वैवाहिक अंगीकृत नागरिकहरुलाई सात वर्षे प्रावधान हटाएकोप्रति आपत्ति जनाउँदै उहाँले प्रश्न गर्नुभयाे - 'जुन अघिल्लाे सरकारले वैवाहिक अंगीकृत नागरिकलाई ७ वर्ष प्रावधान राखेकाे थियाे किन झिकियाे ? याे राजनीतिक अभिष्ट पूरा गर्नका लागि हाेकी, देशलाई फिजिकरण बनाउन खाेजेकाे हाे कि ? देशलाई साेमलिया बनाउन खाेजिएकाे हाे कि म प्रश्न गर्न चाहान्छु सो प्रावधान झिकेको हो ?'
कलखाना र उद्याेगधन्दा बेचेजस्ताे विषय नागरिकता नभएकाे सांसद् चाैधरीकाे भनाइ छ । सांसद् चौधरीले अंगीकृत नागरिकताको प्रावधानलाई कठोर बनाउनुपर्ने बताउनुभयाे । अंगीकृतले सहजै नागरिकता पाउने अवस्था आए संसद्भित्र छिरेर नेपालको प्रतिकूलको कानुन बनाउन सक्ने अवस्था आउला भन्न नसकिने उहाँकाे भनाइ छ ।
