काठमाडौं । नेकपा एमालेका सांसद् भीम सत्ता भागबण्डा मिलाउन अहिले उपसभामुखको चुनाव गराइएकाे बताउनुभएकाे छ ।
संघीय संसद् भवन परिसर नयाँ बानेश्वरमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै सांसद् रावलले सत्ताको भित्री खेलमा उपसभामुख चयन भएको देखिएको बताउनुभयाे । देशको राजनीति सत्ताको खेलतर्फ केन्द्रित रहेकै कारण अहिलेसम्म उपसभामुख पद खाली राखिएकाे उहाँकाे भनाइ छ ।
केही महिनापछि आम निर्वाचन गर्ने तयारी रहेका बेला अहिले विधि पुर्याउनका लागि उपसभामुख चयन गरिएकाे पनि सांसद् रावलले बताउनुभयाे । संसदीय अभ्यासमा विकृति पैदा भएको समेत उहाँले बताउनुभयो ।
