कर्णाली । कर्णाली प्रदेश सहकारी ऐन, २०७५ लाई पहिलो संशोधन गर्न बनेको विधेयक’ प्रदेश सभाबाट सर्वसम्मतिले पारित भएको छ ।
कर्णाली प्रदेश सभाको दशौँ अधिवेशनको २५औँ बैठकमा उक्त विधेयक सर्वसम्मतिले पारित भएको हो ।
प्रदेश सभाका सभामुख राजबहादुर शाहीले भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीलाई उक्त विधेयक समग्रमा पारितका लागि सभामा प्रस्ताव गर्न समय दिनुभयो ।
मन्त्री शाहीले उक्त विधेयक सभामा प्रस्ताव गरेसँगै ‘कर्णाली प्रदेश सहकारी ऐन, २०७५ लाई पहिलो संशोधन गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको थियो ।
-रासस
