काठमाडाैं । उपसभामुख पुष्पा भुसाल गाैतमले पद तथा गाेपनियताकाे शपथ लिनुभएकाे छ ।
राष्ट्रपति भवन शितल निवासमा आइतबार आयोजित विशेष समारोहबीच सभामुख अग्निप्रसाद सापकाेटाले उपसभामुख पुष्पा भुसाललाई पद तथा गोपनीयताको शपथ गराउनु भएकाे हाे । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख सापकाेटाले उपसभामुख भुसाललाई शपश खुवाउनुभएकाे सभामुखकाे सचिवालयले जनाएकाे छ ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा उपसभामुख चयनका लागि भएकाे मतदानमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार भुसाल निर्वाचित हुनुभएकाे थियाे ।
