काठमाडाैं । नेकपा एमाले राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले रुपन्देहीकाे तिलाेत्तमा नगरपालिकामा भएकाे घटनाकाे विराेध गर्नुभएकाे छ ।
साेमबार बसेकाे राष्ट्रिय सभा बैठककाे विशेष समयमा बाेल्दै सांसद् भट्टराईले तिलोत्तमा नगरपालिकामा प्रहरी लगाएर शासन गर्ने काेशिस भएकाे भन्दै कडा आपत्ति जनाउनुभयाे । साे सम्बन्धनमा तत्काल जवाफ दिन उहाँले गृहमन्त्री बालकृष्ण खाँडकाे ध्यानाकर्षण गराउनुभयाे र
तिलोत्तमाको नगरसभामा नेपाल प्रहरी प्रवेश गरी जनप्रतिनिधिलाई घाेक्रयाएर पोखरीमा चोबलेको भन्दै उहाँले कडा आपत्ति जनाउनुभयाे । 'याे लाेकतन्त्र हाे कि प्रहरीकाे शासन चलाउन खाेजेकाे हाे याे देशमा,डीएसपी ठगबहfदुर केसीले त्यहाँकाे वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई घाेक्राए पाेखरीमा चाेबेलेकाे हाे,यही हाे लाेकतन्त्र ? यस्तै व्यवहारले लाेकतन्त्र र गणतन्त्र स्थापना गर्न सक्छ ? लाेकतन्त्रमा डिबेड हुन सक्छ, बहस हुन सक्छ, लोकतन्त्रको सुन्दरता भनेकै बहसबाट निस्कर्षमा पुग्ने पद्धति हो, विवाद हुनसक्छ र कहिलेकाहीँ चालु बैठक राेक्नुपर्ने हुन्छ, लाेकतन्त्रमा त्यसाे गरिन्छ कि पुलिस लगाएर शासन गरिन्छ ?'
गृहमन्त्रीले आफ्नो भाइ मेयर भएको सो नगरपालिकामा प्रहरी लगाएर शासनकाे दम्भ देखाएकाे बताउनुभयाे । सांसद् भट्टराईले भन्नुभयाे - 'गृहमन्त्रीको भाइ त्यहाँ मेयर हुनुहुन्छ, गृहमन्त्रीज्यूको अण्डरमा पुलिस छ, अनि पुलिस लगाएर शासनको दम्भ देखाउने, अनि यसैले हाम्रो लोकतन्त्र, गणतन्त्र बच्छ भन्ने हामीले ठानेका छौँ अहिलेकाे गठबन्धनकाे दिग्विजय हाे ? सधैभरी याे चालु रहिरहन्छ भन्ने ठानिरहेका छाैं हामीले ? गृहमन्त्रीकाे भाइ मेयर भएकाे ठाउँमा पुलिसले ज्यादती गरेकाे छ,गृहमन्त्रीले त्यहाँ सबै रिपाेर्ट सदनमा पेस गर्नुपर्छ ।'
डीएपसीलाई कारबाही हुनुपर्ने बताउँदै उहाँले भन्नुभयाे - 'कार्यक्रम भइरहेकाे ठाउँमा जनप्रतिनिधिलाई घाेक्रयाएर पाेखरीमा चाेबल्ने डीएपी कारबाहीमा पर्छ कि पर्दैन ? हामी हेर्न चाहान्छाैं,आफ्नाे भाइ मेयर भएकाे ठाउँकाे विषयमा गृहमन्त्री जी के भन्नुहुन्छ,हामी सुन्न चाहान्छाैं ।'
