काठमाडौं । नेकपा एमाले राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले सरकार गैरजिम्मेवार बनेकाे बताउनुभएकाे छ ।
साेमबार बसेकाे राष्ट्रिय सभा बैठककाे विशेष समयमा बाेल्दै सांसद् भट्टराईले सरकारले जनताका समस्या सम्बाेधन गर्न नसकेकाे बताउनुभयाे । जनजिविकाका सवाल, राष्ट्रियतासँगै हरेक पक्षमा गम्भीर प्रश्न उठेकाे बताउनुभयाे । स
रकारको गैरजिम्मेवार व्यवहारका कारण जनतामा निराशा छाएको बताउँदै उहाँले भन्नुभयाे - 'सरकारको गैरजिम्मेवार व्यवहार, असक्षमता र अयाेग्यताका कारणले हरेक ठाउँमा प्रश्न उठेकाे छ, जनतामा निराशा र असन्तुष्टि छाएकाे छ, याे विराेध,याे आक्राेश सबैका पछाडि याे सरकारकाे गतिहिनता र अयाेग्यताकाे परिणाम हाे, यसलाई सत्तापक्षको हिसाबले सच्याउने दम यहाँहरुले राख्नुहुन्छ भने प्रतिपक्षको हिसाबले हामी स्वागत गर्छौं, सच्याउनुस्,सच्याएर अगाडि बढ्नुस् ।'
याे सरकारबाट विकासकाे गतिकाे अपेक्षा राख्नु फेरि निराशामा जाने कुरा हुने समेत भट्टराईले बताउनुभयाे । सरकारले विकासका काम ठप्प पारेकाे उहाँले बताउनुभयाे ।५७ प्रतिशतमा मात्र विकास खर्च हुनुले विकासका काम ठप्प भएकाे प्रष्ट पार्नुभयाे ।
सरकारका कारण देशकाे राजनीति गलत बाटाेतिर गइरहेकाे बताउँदै उहाँले भन्नुभयाे - 'अब राजनीतिक विषयमा झगडा गर्ने दिन सकियाे भन्ने कुरा स्थापित गर्न खाेजिएकाे हाेइन ? तर आज फेरि राजनीतिक मुद्दामा केन्द्रित गर्न खाेजेका छाैं,बाटाे नै गलत भएकाे र विकास निर्माणका काम ठप्प छन् ।'
गलत कर नीतिका कारण देशका उद्याेग बन्द हुने अवस्थामा पुगेका भट्टराईले बताउनुभयाे । विदेशमा उत्पादित वस्तुमा कर कम र कच्चा पदार्थमा बढी भएकाे भन्दै उहाँले प्रश्न गर्नुभयाे - 'जसका कारण हाम्रा स्वदेशी उद्याेग बन्द छन्, यस विषयमा सरकारले के भन्छ ? याे करकाे दररेटमा परिवर्तन गर्छ गर्दैन ? कि सरकारले विचाैलियालाई राखेर करकाे सिस्टम बनाउन खाेजियाे त्यसलाई निरन्तरता दिने हाे ?'
सांसद् भट्टराईले स्वदेशी उद्याेगहरुलाई विशेष सुविधा दिन उहाँले माग गर्नुभयाे । उद्याेग खाेल्छाैं भनेर बन्द गर्ने नीति सरकारले लिएकाे उहाँले बताउनुभयाे । नागरिकता विधेयकलाई तत्काल पास गर्न सांसद् भट्टराईले माग गर्नुभयाे ।
