काठमाडाैं । प्रतिनिधि सभा बैठक आज बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठककाे सुरुमै सभामुख अग्निप्रसाद सापकाेटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधयेक प्रमाणीकरण सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउनुहुने सम्भावित कार्यसूची छ ।
बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभामा उत्पत्ति भएको 'विकास तथा प्रविधि समितिको प्रतिवेदन सहितको नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधयेक, २०७६ माथि छलफल गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ । मन्नी राईले नै 'नेपाल इञ्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६ लाई पारित गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्री उमा रेग्मीले राष्ट्रिय सभामा उत्पत्ति भएको 'महिला तथा सामाजिक समितिको प्रतिवेदन सहितको ज्येष्ठ नागरिक (पहिलो संशोधन) विधेयक, २०७५ माथि छलफल गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । उहाँले नै राष्ट्रिय सभामा उत्पत्ति भएको 'ज्येष्ठ नागरिक (पहिलो संशोधन) विधेयक, २०७६ लाई पारित गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
हेर्नुस् कार्यसूची:
