काठमाडौं । प्रतिनिधि सभा सदस्य गिरिराजमणि पोखरेलले चुरेको वन फडानीँले चुरे र मधेसको जीवन संकटमा परेको बताउनुभएको छ । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद् पोखरेलले चुरे दोहनको कारण पानीका मुहान सुक्ने र मधेस मरुभूमि बन्दै गएको बताउनुभयो । मधेसका ३४ जिल्ला चुरे दोहनको कारण मरुभूमि बनेको उहाँको भनाइ छ । ‘चुरे विनाश भयो भने देशको टाउको दुखाई बन्छ’, उहाँले भन्नुभयो । जलवायु परिवर्तनको प्रभाव चुरे र मधेसमा परेको भन्दै त्यस विषयमा सरकारलाई गम्भीर बन्न उहाँले ध्यानाकर्षण गराउनुभयो । हिमाल र महाभारतसँगै रहेको चुरेको सवाल मधेसको मात्र होइन सिङ्गो विश्वको सवाल भएको उहाँले बताउनुभयो । चुरे संरक्षणको बारेमा पहाड र हिमालका नागरिक र हिमाल संरक्षणको विषयमा मधेस बोल्नु पर्नेमा उहाँले जोड दिनुभयो । संसद्बाट चुरे संरक्षणको लागि एकीकृत चुरे संरक्षण ऐन बनाउन उहाँले माग गर्नुभयो । पोखरेलले चुरे संरक्षणमा लाग्न ढिलो भएका भन्दै यसमा सबैको ध्यानाकर्षण गराउनुभयो । चुरे नजोगाई मधेस जोगाउन नसकिने उहाँले बताउनुभयो ।
एकीकृत चुरे संरक्षण ऐन बनाऊ : गिरिराजमणि पोखरेल
काठमाडौं । प्रतिनिधि सभा सदस्य गिरिराजमणि पोखरेलले चुरेको वन फडानीँले चुरे र मधेसको जीवन संकटमा परेको बताउनुभएको छ । बुधबार प्रतिनिधि सभा बैठकमा...
SUNRISE KHABAR
1 min read
प्रकाशित मिति:
शेयर गर्नुहोस्:
समाचारदाता
SUNRISE KHABAR
