काठमाडौं । प्रतिनिधि सभा सदस्य अनिलकुमार झाले यस वर्ष मधेसमा पानी नपर्दा किसानले धान रोप्न नपाएको बताउनुभएको छ । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद् झाले यस विषयमा सरकारको ध्यान जानु पर्ने बताउनुभयो । झाले अधिकांश किसानले धान रोप्न नपाएको र रोपेको धान खेत समेत पानी नपरेर पटपटी फुटेर गएको बताउनुभयो । उहाँले खेती लगाएका किसानले पनि मल नपाउँदा उनीहरू निराश भएको बताउनुभयो । छिमेकी मुलुक भारतमा खेती राम्रो नहुँदा किसानले आत्महत्या गरेका समाचार आउने गरेको स्मरण गराउँदै झाल नेपाल पनि त्यही स्थितिमा जान लागेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।
किसानले आत्महत्या गर्ने स्थिति नआओस् : अनिलकुमार झा
काठमाडौं । प्रतिनिधि सभा सदस्य अनिलकुमार झाले यस वर्ष मधेसमा पानी नपर्दा किसानले धान रोप्न नपाएको बताउनुभएको छ । बुधबार प्रतिनिधि सभा बैठकमा...
SUNRISE KHABAR
1 min read
प्रकाशित मिति:
शेयर गर्नुहोस्:
समाचारदाता
SUNRISE KHABAR
