काठमाडौ । प्रतिनिधि सभा सदस्य नरबहादुर धामीले सिंहदरबारले राणाहरूको समदेखि नै सुदूरपश्चिमलाई उपेक्षा गरेको गुनासो गर्नुभएको छ । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै धामीले गेटामा पूर्वाधार बन्दा समेत मेडिकल प्रतिष्ठान सञ्चालनको काम अघि नबढाइएको, सुदूरपश्चिमको हवाई भाडा अति महँगो गरेर पर्यटकलाई समेत जान नदिने गरी रोकेको, विकासमा ध्यान नदिएको र नियतवश नै सुदूरपश्चिमलाई पछाडि पार्ने काम गरेको गुनासो गर्नुभयो । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमको विकासमा बेवास्ता गरेर त्यहाँका जनताप्रति गद्दारी गरेको उहाँले आरोप लगाउनुभयो । सुदूरपश्चिमका जनताले पाँच पटक प्रधानमन्त्री बनाउँदा पनि देउवाले केही काम नगरेको उहाँले बताउनुभयो । ‘प्रधानमन्त्रीज्यू यसको जवाफ छ ?’, उहाँले भन्नुभयो । प्रधानमन्त्री केही व्यापारी घरानाको कठपुतली बनेको उहाँले बताउनुभयो । शेरबहादुरले सुदूरपश्चिमका जनताको सपना कुठाराघात गरेको धामीले बताउनुभयो ।
सिंहदरबारले सुदूरपश्चिमलाई नियतवश पछि पार्यो : नरबहादुर धामी
काठमाडौ । प्रतिनिधि सभा सदस्य नरबहादुर धामीले सिंहदरबारले राणाहरूको समदेखि नै सुदूरपश्चिमलाई उपेक्षा गरेको गुनासो गर्नुभएको छ । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै...
SUNRISE KHABAR
1 min read
प्रकाशित मिति:
शेयर गर्नुहोस्:
समाचारदाता
SUNRISE KHABAR
