काठमाडाैं । नेकपा एमालेका सांसद् माेहन बानियाले अमेरिकी स्टेट पार्टनरसीप प्राेग्राम (एसपीपी)मा सहभागी नहुने पत्र अमेरिकालाई किन नपठाएकाे भन्दै प्रश्न उठाउनुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् बानियाले मन्त्रिपरिषद्ले निर्णय गरिसकेकाे अवस्थामा पत्र नपठाउनुले शंकास्पद अवस्था सृजना भएकाे बताउनुभयाे । गठबन्धन सरकारले एउटा काम गर भन्दा अर्काे काम गर्ने गरेकाे उहाँले बताउनुभयाे ।
उहाँले भन्नुभयाे - 'एसपीपीमा सहभागी नहुने भनेर मन्त्रिपरिषद् बैठकले निर्णय गरिसकेकाे अवस्थामा, अहिलेसम्म चिठी किन अमेरिकालाई फरवार्ड गरेकाे छैन ? याे नितान्त शंकास्पद अवस्था सृजना भएकाे छ, अर्काे पनि प्राेजेक्ट पनि पास गर्दै छ भन्ने कुरा आएकाे छ, जुन शंकाकाे घेरामा छ, घातक काम गठबन्धन सरकारले नगराेस्, याे सरकारले दैलाे लिप भन्दा कुनाे लिप्छ ।'
