काठमाडाैं । नेकपा एमालेका सांसद् भानुभत्त ढकालले प्रत्येक पालिकाकाे केन्द्रबाटै मतदाता नामावली संकलन गर्न माग गर्नुभएको छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् ढकालले गाउँपालिकाको केन्द्रबाटै फोटोसहितको मतदाता नामावली संकलनको व्यवस्था गर्न सरकारसँग माग गर्जुभयाे ।
'शहरी क्षेत्रमा अनलाइनबाट मतदाता नामावली संकलन सुरु भएको छ, प्रत्येक पालिकाको केन्द्रबाट नामावली संकलनका लागि सरकारको ध्यानाकर्षण गराउँछु, राष्ट्रिय परिचयपत्र बनाउँदा निर्वाचन आयोगसँग समन्वय गरी राष्ट्रिय परिचयपत्र बनाउँदा नै मतदाता नामावलीमा नाम रहने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउँछु'- उहाँले भन्नुभयाे ।
