काठमाडौं । प्रतिनिधि सभा बैठकमा सरकार उल्टो बाटोमा हिँडेको भन्दै सांसदहरूले आलोचना गर्नुभएको छ । बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद् बृजेशकुमार गुप्ताले किसानहरू मल र पानी नभएर खेती लगाउन नसक्ने अवस्थामा पुगेका बताउनुभयो । उहाँले सुक्खा क्षेत्र घोषणा गरी किसानलाई राहत दिनु पर्ने बताउनुभयो । सांसद् भानुभक्त ढकालले मतदाता प्रत्येक पालिकाको केन्द्रबाट मतदाता नामावली संकलन गर्न माग गर्नुभयो । सांसद् महेन्द्रकुमारी लिम्बुले दमकमा जनताको उठिबास भएको भन्दै सो क्षेत्रको जग्गाको उचित मूल्याङ्कन गर्न आग्रह गर्नुभयो । सांसद् महेश बस्नेतले सीसी फुटेज नष्ट गर्ने, देशलाई बरबाद गर्ने प्रधानमन्त्री लगायतका नेताहरूलाई कारबाही गर्न माग गर्नुभयो । उहाँले एम अधिकारी खोज्दै हिँड्नेलाई देश वरवाद गर्ने एस देउवा, जे शर्मा लगायतलाई खोजेर कारबाही गर्न माग गर्नुभयो । अर्की सांसद् मिना सुब्बाले चौतर्फी आर्थिक अनियमितता भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । अर्की सांसद् मैनाकुमारी भण्डारीले बाढी प्रभावित नागरिकको उचित व्यवस्थापन गर्न माग गर्नुभयो । सांसद् मोहन बानियाले एसपीपीको बारेमा सरकारले अमेरिकालाई पत्राचार नगरेको भन्दै आलोचना गर्नुभयो । सांसद् रंगमती शाहीले सांसद् भीम रावलले रोष्टम कब्जा गरेको भन्दै आलोचना गर्नुभयो । अर्का सांसद् राजेन्द्रकुमार केसीले असारमा मात्र बजेट खर्च भएको भन्दै आलोचना गर्नुभयो । समयमा बजेट खर्च नहुनुको जिम्मा कसले लिने भन्दै उहाँले प्रश्न गर्नुभयो । सांसद् राधा ज्ञवालीले धान खेतीको बेलमा मल नहुँदा किसान मर्माहत भएका बताउनुभयो । सरकारले खेतीको बेलामा मल नल्याउनु नालायकी भएको बताउँदै अविलम्ब मल उपलब्ध गराउन उहाँले माग गर्नुभयो । सांसद् रामवीर मानन्धरले सरकार उल्टो दिशामा अघि बढेको बताउनुभयो । अर्का सांसद् रामेश्वर राय यादवले मधेसमा प्रचण्ड गर्मी बढेको बताउनुभयो । ठूलो अनिकालबाट नागरिकलाई जोगाउन सरकारले डिप बोरिङको व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले मधेसलाई सुक्खा क्षेत्र घोषणा गर्न माग गर्नु भयो । सांसद् रेखाकुमारीले विद्यार्थी नै नहुने ठाउँमा विद्यालय बनाएको भन्दै त्यसको छानविन गर्न माग गर्नुभयो । यसले सरकारी अनुदान दुरुपयोग भएको उहाँले बताउनुभयो । सांसद् रेनुका गुरुङले विद्यार्थीलाई सारिरिक यातना दिने कार्य अमानविय भएको बताउनुभयो । त्यस्ता विद्यालयलाई कारबाही गर्नुपर्ने उहाँले बताउनुभयो ।
प्रतिनिधि सभा बैठक : सरकार उल्टो दिशामा हिँड्यो
काठमाडौं । प्रतिनिधि सभा बैठकमा सरकार उल्टो बाटोमा हिँडेको भन्दै सांसदहरूले आलोचना गर्नुभएको छ । बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद्...
SUNRISE KHABAR
2 min read
