काठमाडौं । प्रतिनिधि सभा सदस्य प्रदीप ज्ञवालीले सरकारको मूल्य नियन्त्रणमा ध्यान नगएको बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै ज्ञवालीले मूल्य नियन्त्रणका धेरै उपाय भए पनि सरकारले त्यसमा ध्यान नदिएको बताउनुभयो । मूल्य नियन्त्रणको विषयमा सरकार तमासे पनि हुन नसकेको भन्दै उहाँले आलोचना गर्नुभयो । ‘तमासेले कसमे कम देख्न त देख्छ, हेर्न त हेर्छ’, उहाँले भन्नुभयो । बैठकमा बोल्दै ज्ञवालीले किसानले खेत रोपिसक्दा मल नहुनु, परीक्षा आइसक्दा विद्यार्थीको हातमा पुस्तक नहुनु लज्जास्पद विषय भएको बताउनुभयो । ‘हतियार किन्नको निम्ति पैसा पुग्छ तर मल किन्नका निम्ति पुग्दैन, किताब किन्न पैसा पुग्दैन’, उहाँले भन्नुभयो । ज्ञवालीले तत्काल मूल्य नियन्त्रण गर्नु पर्ने, कार्टेलिङ अन्त्य गर्नुपर्ने माग गर्नुभयो । बस्तुको गुणस्तरीयता कायम गर्न र श्रमिकको न्यूनतम पारिश्रमिक अविलम्ब बढाउन पनि उहाँले माग गर्नुभयो । यसको लागि संसद्ले सरकारलाई निर्देशन जारी गर्नु पर्ने ज्ञवालीको माग छ ।
मूल्य नियन्त्रणमा सरकार तमासे पनि बन्न सकेन : प्रदीप ज्ञवाली
काठमाडौं । प्रतिनिधि सभा सदस्य प्रदीप ज्ञवालीले सरकारको मूल्य नियन्त्रणमा ध्यान नगएको बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै ज्ञवालीले...
SUNRISE KHABAR
1 min read
प्रकाशित मिति:
शेयर गर्नुहोस्:
समाचारदाता
SUNRISE KHABAR
