काठमाडौं । प्रतिनिधि सभा सदस्य देवप्रसाद गुरुङले एसपीपीको बारेमा परराष्ट्र मन्त्रालयले अमेरिकालाई पत्राचार नगरको भन्दै आपत्ति जनाउनु भएको छ । बिहीबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै गुरुङले तत्काल पत्र पठाउन संसदबाट निर्देशन जारी गर्नु पर्ने बताउनुभयो । शिर्षक फेरेर एसपीपी जस्तै नयाँ सम्झौता गर्ने खेल भइरहेको भन्दै उहाँले त्यसमा गम्भीर हुन आग्रह गर्नुभयो । कुनै पनि अन्तर्राष्ट्रिय मुद्दामा सन्तुलित रूपले जानु पर्ने बेलामा नेपाल कुनै पनि गठबन्धनमा मुछिन नहुने उहाँले बताउनुभयो । ‘परराष्ट्र मन्त्रालयले रोकिरहेको पत्राचार अविलम्ब गर्न सभामुखज्यू मार्फत रुलिङ होस् भन्ने चाहन्छु’, उहाँले भन्नुभयो ।
एसपीपी खारेजीको पत्र पठाउन सभामुखबाट रुलिङ होस् : देवप्रसाद गुरुङ
काठमाडौं । प्रतिनिधि सभा सदस्य देवप्रसाद गुरुङले एसपीपीको बारेमा परराष्ट्र मन्त्रालयले अमेरिकालाई पत्राचार नगरको भन्दै आपत्ति जनाउनु भएको छ । बिहीबार प्रतिनिधि सभा...
SUNRISE KHABAR
1 min read
प्रकाशित मिति:
शेयर गर्नुहोस्:
समाचारदाता
SUNRISE KHABAR
