काठमाडौं । प्रतिनिधि सभा सदस्य झलनाथ खनालले चिया विकासमा सरकारले ध्यान नदिएको गुनासो गर्नुभएको छ । बिहीबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै खनालले चिया विश्वव्यापी पेय पदार्थ भए पनि त्यसको विस्तार र विकासमा सरकारको ध्यान नगएको गुनासो गर्नुभयो । देशकै आभूषणको रूपमा रहेको चिया निगमलाई कौडीको मूल्यमा बेच्ने काम भएको भन्दै खानलाले यसले चिया उत्पादक किसानलाई निराश बनाएको बताउनुभयो । किसानको आफ्नै प्रयासमा पूर्वमा चिया बगान विस्तार गर्दै गएका प्रति उहाँले ध्यानाकर्षण गराउनुभयो । पूर्वमा मात्र होइन बाग्मती र सुदूरपश्चिममा समेत किसानले चिया बगैँचा विस्तार गर्न लागेका उहाँले बताउनुभयो । तर यसमा राज्यले कुनै ध्यान नदिएको खानलाले बताउनुभयो । यसले जुन हिसाबले चिया खेती विकास हुनु पर्दथ्यो त्यस ढङ्गले अघि नबढेको उहाँको भनाइ छ । संसारको अर्थोडक्स चिया मध्ये नेपालको चिया एक नं मा रहेको उहाँले दाबी गर्नुभयो । तर नेपालले त्यसको ब्राण्डिङ गर्न नसकेको उहाँले बताउनुभयो । ‘चिया अक्सन सेन्टर तुरुन्तका तु नेपालमा बनाउनु पर्यो’, खनालले भन्नुभयो ।
चिया विकासमा सरकारको ध्यान पुगेन : झलनाथ खनाल
काठमाडौं । प्रतिनिधि सभा सदस्य झलनाथ खनालले चिया विकासमा सरकारले ध्यान नदिएको गुनासो गर्नुभएको छ । बिहीबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै...
SUNRISE KHABAR
1 min read
प्रकाशित मिति:
शेयर गर्नुहोस्:
समाचारदाता
SUNRISE KHABAR
