काठमाडौं । प्रतिनिधि सभा सदस्य भीम रावलले नेपाल एसपीपीको सदस्य नहुने पत्र अमेरिका पठाउन सरकारले निर्देशन दिँदा पनि परराष्ट्र मन्त्रालयले पत्राचार नगरेको भन्दै आपत्ति जनाउनुभएको छ । बिहीबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै रावलले संसदीय समितिले दिएको निर्देशनको सरकार र परराष्ट्र मन्त्रालयले पालना नगरेको भन्दै आलोचना गर्नुभयो । कुनै देशले दिने एक दुई वस्तु वा हतियारको लोभमा यस्ता कार्य सोच्न पनि नसकिने रावलले बताउनुभयो । मन्त्री परिषद्को निर्णय कार्यान्वयन नगरी अध्ययन गरेर मात्र पत्राचार गर्ने भन्ने अधिकार परराष्ट्र मन्त्रालयलाई कसले दियो भन्दै रावलले प्रश्न गर्नुभयो । नेपाल सरकारले निर्णय गरी सकेको, सांसदमा पनि कुरा उठेको अवस्थामा नेपालको असंलग्न नीतिको सम्मान गर्नका निमित्त नेपाल एसपीपीको सदस्य रहन नसक्ने पत्र तत्काल पठाउन सरकारलाई निर्देशन गर्न रावलले सभामुखलाई अनुरोध गर्नुभयो ।
एसपीपीको सदस्य नहुने पत्र अमेरिका पठाउन निर्देश गरियोस् : भीम रावल
काठमाडौं । प्रतिनिधि सभा सदस्य भीम रावलले नेपाल एसपीपीको सदस्य नहुने पत्र अमेरिका पठाउन सरकारले निर्देशन दिँदा पनि परराष्ट्र मन्त्रालयले पत्राचार नगरेको...
SUNRISE KHABAR
1 min read
प्रकाशित मिति:
शेयर गर्नुहोस्:
समाचारदाता
SUNRISE KHABAR
