काठमाडाैं । प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसाे १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभामा उत्पत्ति भएको 'नेपाल विशेष सेवा विधेयक, २०७६ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
बैठकमा गृह मन्त्री बालकृष्ण खाँडले 'राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितकोकारागार विधये क, २०७६ माथि छलफल गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
गृहमन्त्री खाँडले कारागार विधेयक, २०७८ लाई पारित गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
उहाँले 'नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथिको छलफल सदनमा गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ । 'नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९' माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ ।
गृहमन्त्री खाँडले 'नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई पारित गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची पनि रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
