काठमाडौं । प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाले नागरिकता विधेयक रङ्ग बदलेर आएको बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभा बैठकमा नागरिकता ऐन संशोधन विधेयक माथिको छलफलमा बोल्दै बास्कोटाले मौसमको रङ्ग बदलिए जस्तो नागरिकता विधेयकको रङ्ग बदलिन नहुने बताउनुभयो । ‘सत्ताको चास्नीले नागरिकता जस्तो विषयको रङ्ग बदल्यो’, बैठकमा बोल्दै बास्कोटाले भन्नुभयो । वास्तविक नेपालीलाई नागरिकता दिनु नहुने भनेर नभनेको बताउँदै उहाँले सधैँ जन्मको आधारमा भने नागरिकता दिन नसकिने बास्कोटाले प्रष्ट पार्नुभयो । कमजोर प्रावधानले कयौँ ठाउँबाट खेदिएर आएकाले नागरिकता लिने स्थिति बन्ने उहाँले बताउनुभयो । नेपालले दुई पटक जन्मस्थानको आधारमा नागरिकता दिइसकेको बताउँदै बास्कोटाले खास अवधिको बसोबासो नगरेकालाई नागरिकता दिने कुरा घातक हुने उहाँले बताउनुभयो । विवाह गरेर आउने बित्तिकै नागरिकता दिने कुरा कुनै पनि हालतमा न्यायसङ्गत नहुने उहाँले प्रष्ट पार्नुभयो ।
सत्ताको चास्नीले नागरिकता विधेयकको रङ्ग बदल्यो : गोकुल बास्कोटा
काठमाडौं । प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाले नागरिकता विधेयक रङ्ग बदलेर आएको बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभा बैठकमा नागरिकता ऐन संशोधन विधेयक...
SUNRISE KHABAR
1 min read
प्रकाशित मिति:
शेयर गर्नुहोस्:
समाचारदाता
SUNRISE KHABAR
