काठमाडौं । प्रतिनिधि सभा सदस्य शेरबहादुर तामाङले सरकारले ल्याएको नागरिकता ऐन संशोधन विधेयकमा धेरै कुरा छुटेका बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभा बैठकमा नागरिकता ऐन संशोधन विधेयक माथिको छलफलमा बोल्दै तामाङले जन्मसिद्धका सन्तानले नागरिकता पाउने र गैरआवासिय नेपालीका कुरामा एमालेको समर्थन नै रहेको बताउनुभयो । नयाँ संविधान आएपछि त्यो अनुसारको नागरिकता सम्बन्धी ऐन ल्याउनु पर्नेमा सरकारले त्यसरी ल्याउन नसकेको उहाँले टिप्पणी गर्नुभयो । ब्रिटिस गोर्खा र तिनका सन्तानको वंशजको आधारमा नागरिकता पाउने कुरालाई खोस्न नमिल्नेमा तामाङले जोड दिनुभयो । आमाले आफ्ना सन्तानलाई नागरिकता दिन खोज्दा बाबुको खोजी गर्न नमिल्ने उहाँको भनाइ छ । आमाले यो मेरो सन्तान भनेपछि बाबुको खाजी गरिरहन नहुने उहाँले बताउनुभयो । आमाको पवित्रतामा माथि शंका नगर्न उहाँले आग्रह गर्नुभयो । नागरिकतामा महिलाको समानताको हक खोस्न नहुने उहाँको भनाइ छ ।
ब्रिटिस गोर्खा र तिनका सन्तानको वंशजका आधारमा नागरिकता पाउने अधिकार नखोसियोस् : शेरबहादुर तामाङ
काठमाडौं । प्रतिनिधि सभा सदस्य शेरबहादुर तामाङले सरकारले ल्याएको नागरिकता ऐन संशोधन विधेयकमा धेरै कुरा छुटेका बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभा बैठकमा...
SUNRISE KHABAR
1 min read
प्रकाशित मिति:
शेयर गर्नुहोस्:
समाचारदाता
SUNRISE KHABAR
