काठमाडाैं । सांसद् यज्ञबहादुर सुनुवारले एक हातले सिन्दुर अर्काे हातले नागरिकता दिन नहुनेतर्फ सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
प्रतिनिधि सभामा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफलमा भाग लिँदै सांसद् सुनुवारले न्याय नपाए गाेर्खा जानु भनेजस्तै नागरिकता नपाए नेपाल जानु भन्ने बाटाेमा नजान सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
वैवाहिक अंगिकृत नागरिकताका सम्बन्धमा समयसीमा राख्नुपर्ने भन्दै उहाँले कम्तिमा ७ वर्षे प्रावधान राख्नुपर्ने बताउनुभयाे । सांसद् सुनुवारले भन्नुभयाे - 'दाहिने हातमा सिन्धुर र पाेते देब्रे हातमा नागरिकता दिने थिति बस्याे भने नेपालकाे सामाजिक पक्षमा गम्भीर समस्या आउँछ,नेपालकाे राष्ट्रियतामा गम्भीर समस्या आउँछ,त्यसैले वैवाहिक अंगिकृत प्रावधान राख्नुपर्छ ।'
बुहारीकाे चिन्ता लिनु पहिले छाेरी र नातिनीकाे चिन्ता लिन समेत सांसद् सुनुवारले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
