काठमाडौं । प्रतिनिधि सभा सदस्य डा. भीमबहादुर रावलले देशको हित गर्नु राज्यको दायित्व भएको बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै रावलले नागरिकता जस्तो संवेदनशील विषयमा छल गर्नु निन्दनीय भएको बताउनुभयो । ‘छलफल हो कि छल मात्र हो यो हतारो किन हो, खोलेर आँखा देश हितका लागि राम्ररी सुन यो’, कवितात्मक शैलीमा रावलले भन्नुभयो । नागरिकता सम्बन्धी नयाँ विधेयक सरकारले कुटिल स्वार्थ राखेर ल्याएको बताउनुभयो । नागरिकता जस्तो गम्भीर विषयलाई समितिमा नपठाई जबरजस्ती अघि बढाउनु राष्ट्रियता माथिको खेलबाड भएको रावलले टिप्पणी गर्नुभयो । विवाह भएर आएका विदेशीले सात वर्ष पछि मात्र नेपाली नागरिकता पाउने प्रावधानलाई हटाएर विधेयक ल्याउनु देश प्रतिको षडयन्त्र भएको रावलले बताउनुभयो । ‘देशको हित बारे सोचौँ, सत्तामा र पदमा कोही पनि व्यक्ति सधैँ हुँदैन, हेक्का राखौँ’, रावलले भन्नुभयो ।
सत्तामा र पदमा कोही सधैँ हुँदैन, हेक्का राखौँ : भीम रावल
काठमाडौं । प्रतिनिधि सभा सदस्य डा. भीमबहादुर रावलले देशको हित गर्नु राज्यको दायित्व भएको बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै रावलले...
SUNRISE KHABAR
1 min read
प्रकाशित मिति:
शेयर गर्नुहोस्:
समाचारदाता
SUNRISE KHABAR
