काठमाडाैं । नेकपा एमालेका सांसद् यज्ञ बहादुर बाेगटीले गठबन्धन सरकारले एक हातले सिन्दुर र अर्काे हातले नागरिकता दिन खाेजेकाे भन्दै आपत्ति जनाउनुभएकाे छ ।
प्रतिनिधि सभामा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफलमा भाग लिँदै सांसद् बाेगटीले भन्नुभयाे - 'याे सरकारले एक हातले सिन्धुर अर्काे हातले नागरिकता दिन खाेज्दैछ, याे सरकार कहाँबाट परिचालित छ ?'
नागरिकता विधेयक राष्ट्रिय स्वाधिनतासँग जाेडिएकाे विषय भएकाे भन्दै उहाँले देशकाे राष्ट्रियता आँच आउन कुनै पनि कुरा स्वीकार्य हुन नसक्ने बताउनुभयाे । पारित गर्ने तयारीमा रहेकाे विधेयक फिर्ता लिएकाे सरकारले देखाबटी छलफल गराएर नयाँ विधेयक पास गर्न खाेजेकाे भन्दै बाेगटीले आपत्ति जनाउनुभयाे ।
अंगिकृत नागरिकता लगायत प्रावधान नसच्याए नेपाल सिक्किमिकरण हुन सक्ने चेतावनी पनि सांसद् बाेगटीले दिनुभयाे । अंगिकृत नागरिकताका विषयमा ७ वर्षे प्रावधान राख्न उहाँले सरकारसँग माग गर्नुभयाे ।
सांसद्हरुले गरेका संशाेधन प्रस्ताव समावेश गरेर मात्र विधेयक पास गराउन उहाँले गृहमन्त्री बालकृष्ण खाँड र सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । विधेयकमाथि देखावटी छलफल भएजस्ताे देखिएकाे छ, हामीले जतिपनि सुझाव दिएका छाैं ती समेटिनुपर्छ, हामीले राखेका संशाेधन प्रस्तावमाथि छलफल हुन्छ कि हुँदैन गृहमन्त्री ज्यू ? संशाेधन प्रस्तावमा छलफल हुनुपर्छ र संशाेधन प्रस्तावहरु विधेयक समावेशमा गरेर मात्र पारित गर्नुपर्छ ।'
नागरिकता विधेयकमा छलफल गरेजस्ताे गरेर बहुमतका नाममा जस्ताकाे तस्तै पास गर्ने काेशिस नगर्न सरकारकाे गम्भीर ध्यानाकर्षण गराउनुभयाे ।
