काठमाडौं । प्रतिनिधि सभा सदस्य लालबाबु पण्डितले नेपाली नागरिकतालाई नेपालको आवश्यकता, भूगोल र नेपाली विशेषता अनुकूल बनाउनु पर्ने बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै पण्डितले देशका नागरिकले सहज रुपमा नागरिकता पाउनु पर्ने बताउनुभयो । ‘विदेशीको यो अधिकार होइन, त्यस कारणले नागरिकतालाई लुरुलुरु आयो, खुरुखुरु पायो भन्ने हिसाबले बुझ्नु पनि हुँदैन’, पण्डितले भन्नुभयो । कतिपय नेताहरू एक घण्टाको लागि कोही विदेशी नेपाल आउँछ भने उसलाई पनि नेपाली नागरिकताको प्रमाणपत्र दिनु पर्छ भन्ने सोच बोकेका उहाँले टिप्पणी गर्नुभयो । त्यस्ता मानिसमा नेपालको राष्ट्रियता कमजोर भएको उहाँले दाबी गर्नुभयो । कुनै पनि नागरिकले दोहोरो नागरिकता पाउन नसक्ने बताउँदै पण्डितले यस विषयमा गम्भीर हुन आग्रह गर्नुभयो । नेपाल र भारतको दोहोरो नागरिकता भएका ५० हजार बढी नागरिक भएका उहाँले दाबी गर्नुभयो । ‘दोहोरो नागरिकता कुनै पनि हालतमा सम्भव छैन’, पण्डितले भन्नुभयो । विवाह गरेर नेपाल आएका विदेशी नागरिकलाई विवाह गरेको सात वर्ष पछि मात्रै नागरिकता दिनु पर्नेमा उहाँको माग छ । जसलाई जतिखेर मन लाग्यो त्यही बेला नागरिकता दिने कुरा अमान्य हुने उहाँले बताउनुभयो । नक्कली आमा खडा गरेर धेरैले नेपाली नागरिकता लिन सक्ने कुरामा पनि पण्डितले सचेत गराउनुभयो । नेपालमा सजिलै नागरिकता पाइन्छ भन्ने पार्न नहुनेमा उहाँले जोड दिनुभयो ।
नागरिकतालाई लुरुलुरु आयो, खुरुखुरु पायो भन्ने हिसाबले बुझ्नु हुँदैन : लालबाबु पण्डित
काठमाडौं । प्रतिनिधि सभा सदस्य लालबाबु पण्डितले नेपाली नागरिकतालाई नेपालको आवश्यकता, भूगोल र नेपाली विशेषता अनुकूल बनाउनु पर्ने बताउनुभएको छ । शुक्रबार प्रतिनिधि...
SUNRISE KHABAR
1 min read
