काठमाडाैं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसाे १ बजे बस्ने बैठकमा शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले 'योगमाया आयुर्वेद विश्वविद्यालय विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७९' पेस गर्नुहुने सम्भावित कार्यसूची छ ।
गृहमन्त्री बालकृष्ण खाँडले 'राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको कारागार विधेयक, २०७६ माथि विचार गरियाेस्' भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ । मन्त्री खाँडले नै कारागार विधेयक, २०७८’ लाई पारित गरियाेस्' भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले 'मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६' माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियाेस्' भन्ने प्रस्ताव पेस गर्नुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
नागरिकता विधेयक पारित गरेपछि आज प्रतिनिधि सभाको बैठक पहिलोपटक बस्न लागेको हाे । साउन ६ गते बसेकाे प्रतिनिधि सभा बैठकले विवादास्पद नागरिकता विधेयक पारित गरेकाे थियाे ।
