काठमाडाैं । नेकपा एमालेकी सचेतक शान्ता चाैधरीले मुक्त कमैया र मुक्त कमलरीलाई यथाेथित पुर्नस्थापना गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै एमाले सचेतक चाैधरीले सरकार र मुक्त कमलरीसँग भएकाे १० बुँदे सहमति तत्काल कार्यान्वयन गर्न पनि माग गर्नुभयाे । उहाँले प्रश्न गर्नुभयाे - 'कमैयामुक्त भएकाे २२ वर्ष र कमलरी मुक्त भएकाे ९ वर्ष पुगिसक्दा पनि अझै कमैया कमलरीकाे उचित पुर्नस्थापना हुन सकेकाे छैन किन हाेला म प्रश्न गर्न चाहान्छु सम्बन्धित मन्त्रीलाई ?'
केपी ओली नेतृत्वकाे एमाले सरकारले मुक्तकमलरी र मुक्त कमैयाका छाेराछाेरीलाई पुर्नस्थापना र शैक्षिक विकासका लागि विशेष बजेट ल्याएपनि अहिलेकाे गठबन्धन सरकारले साे बजेट कटाैती गरेकाे भन्दै सांसद् चाैधरीले आपत्ति जनाउनुभयाे । उहाँले भन्नुभयाे - 'मुक्त कमैया र मुक्त कमलरीलाई यथाेथित पुर्नस्थापनाका लागि माग गर्छु । सरकार र मुक्तकमलरीसँग भएकाे १० बुँदे सहमति सरकारले यथाशीघ्र कार्यान्वयन गराेस् ।'
