काठमाडौं । नेकपा एमालेकी सांसद् शिवमाया तुम्बाहाम्फेले संक्रमणकालीन न्यायलाई टुंग्याउन सरकार गम्भीर नभएको बताउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बोल्दै सांसद् तुम्बाहाम्फेले संक्रमणकालीन न्यायलाई आफू अनुकूल नभइ पीडित अनुकूल बनाउन सरकारकाे गम्भीर ध्यानाकर्षण गराउनुभयाे । पीडितलाई केन्द्रमा राखेर संक्रमणकालीन न्यायकाे काम गर्नुपर्ने उहाँले बताउनुभयाे ।
सांसद् तुम्बाहाङ्फेले भन्नुभयाे - 'संक्रमणकालीन न्याय भनेको पीडितलाई न्याय प्रदान गर्ने प्रणाली हो,पीडितलाई केन्द्रमा राखेर काम गर्नुपर्छ र काम यहिँबाट सुरु गर्नुपर्छ, यहि विषयमा सरोकारवालाहरुले चासो व्यक्त गरिरहेका छन्, याे विषय संघीय संसद्मा समेत प्रवेश गरिसकेको छ, तत्कालीन राज्य पक्ष र तत्कालीन माओवादी दुवै सँगै बसेर याे परमादेशी सरकार सञ्चालन गरिरहेकाे अवस्था छ, सरकारले संक्रमणकालीन न्यायलाई आफू अनुकूल नभइ पीडित अनुकूल बनाउन थप पर्यत्न के-के गर्दैछ, या छैन ?'
