काठमाडाैं । सांसद् रामबाबु यादवले मधेश प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घाेषणा गर्न माग गर्नुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठककाे विशेष समयमा बाेल्दै सांसद् यादवले सरकारसँगै प्रकृतिले पनि मधेशका किसानलाई ठगेकाे भन्दै मधेश प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घाेषणा गर्न माग गर्नुभयाे ।
भएका नहरहरु बन्द र जिर्ण भएका भन्दै उहाँले पानी नपर्दा किसान पनि चिन्तित बनेका बताउनुभयाे । यादवल भन्नुभयाे - 'राेपाइँ भएकाे, बेर्ना सुकिराखेकाे, डिजेलकाे भाउ आकाशिएकाे, किसानसँग पैसा नभएकाे किसानलाई कसरी राहत दिने मधेशका नहर मर्मत गरिएकाे छैन त्यसमा पानीकाे व्यवस्था हाेस् ।'
यस विषयमा सभामुखबाट रुलिङ हुनुपर्ने माग गर्दैं उहाँले भन्नुभयाे - 'सिंचाइ गर्न बन्द परेका नहर, ट्युबेलहरु माेटर र विद्युत जडान गर्न सभामुखबाट रुलिङ हाेस्, मधेशलाई सुख्खाग्रस्त क्षेत्र घाेषणा गरियाेस्, किसानलाई राहत प्याकेज दिइयाेस् विद्युतमा छुट दिइयाेस् प्रतिविघा १० हजारका दरले राहत दिइयाे ।'
प्रकृतिले पनि किसानसँग बदला लिएकाे गुनासाे गर्दै यादवले भन्नुभयाे - 'किसानले पीडा भाेग्नुपरेकाे र राज्यले किसानप्रति उदासिनता देखाएकाे मल किन्न पैसा लिएर बजारमा छटपटाएकाे र सरकारसँग माग गरेकाे किसानलाई समयमै मल दिइयाेस्, प्रकृतिले पनि किसानसँग बदला लिएकाे छ, मधेशमा ५० प्रतिशत मात्र राेपाइँ भएकाे छ धाजाधा र चिराचिरा परेर सुकेर किसान राेएकाे अवस्था छ, त्यसकाे पीडा हेरेर सरकारले के गर्न सकिन्छ ध्यान देओस् ।'
