काठमाडाैं । राष्ट्रिय सभा बैठक आज बस्दै छ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त 'नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९' लाई टेबल गर्ने सम्भावित कार्यसूची छ ।
बैठकमा राष्ट्रिय सभाबाट पारित भई सन्देशसहित प्रतिनिधि सभामा पठाइएका 'नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६' र 'ज्येष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५' का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशको जानकारी सभासमक्ष गराउने सम्भावित कार्यसूची रहेको पनि संसद् सचिवालयले जनाएको छ ।
