काठमाडौं । नेकपा एमालेका सांसद् योगेश भट्टराईले विश्वभरि मंकी पक्सको सङ्क्रमण फैलिएकाले त्यस प्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै भट्टराईले यस विषयमा सरकाले ध्यान नदिएको भन्दै आलोचना गर्नुभयो । यसमा ससकारले सतर्कता र सचेतताको कुनै क्रियाकलाप नगरेको भट्टराईले बताउनुभयो । उहाँले सीमा क्षेत्रमा कडाइ र सतर्कता अपनाउन आग्रह गर्नुभयो । सीमा क्षेत्रमा जाँच डेस्क स्थापना गर्न पनि उहाँले माग गर्नुभयो । काठमाडौंमा हैजाका बिरामी बढ्दै गएको प्रति पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । काठमाडौंमा ३४ जना हैजाका सङ्क्रमित फेला पर्नु भनेको हैजा समुदायस्तमा फैलिएको बताउँदै उहाँले त्यसको नियन्त्रणको लागि सतर्कता अपनाउनु पर्नेमा जोड दिनुभयो । यस विषयमा सरकारका मन्त्री मौन रहेको भन्दै उहाँले आलोचना गर्नुभयो । हैजाको सङ्क्रमण बढ्दै गयो भने त्यो नियन्त्रण गर्न निक्कै कठिन हुने भट्टराईले बताउनुभयो । यसलाई रोक्न पानीको जाँच र गुणस्तरमा ध्यान दिनु पर्नेमा उहाँले जोड दिनुभयो ।
मंकी पक्स र हैजा नियन्त्रणमा ध्यान जाओस् : योगेश भट्टराई
काठमाडौं । नेकपा एमालेका सांसद् योगेश भट्टराईले विश्वभरि मंकी पक्सको सङ्क्रमण फैलिएकाले त्यस प्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा...
SUNRISE KHABAR
1 min read
प्रकाशित मिति:
शेयर गर्नुहोस्:
समाचारदाता
SUNRISE KHABAR
