काठमाडौं । प्रतिनिधि सभाको मंगलबारको बैठकको शून्य समयमा सांसदहरूले एचपीए सम्मेलनमा प्रधानसेनापतिलाई पठाउन लागेको भन्दै सरकारको आलोचना गरेका छन् । बैठकमा बोल्ने सांसदले सरकार अहिले पनि एसपीपीको पक्षमा रहेको भन्दै आलोचना गरेका छन् । बैठकमा बोल्दै सांसद् अञ्जना विशुंखे प्रधान सेनापतिलाई कुने हैसियतले आईपीएसको सम्मेलनमा पठाइयो भन्दै सरकारको आलोचना गर्नुभयो । सांसद् अमृता थापाले देशको भू राजनीतिक संवेदनशीलतालाई ध्यान दिन आग्रह गर्नुभयो । उहाँले एचपीएसमा सेना प्रमुख पठाउन लागेको भन्दै आलोचना गर्नुभयो । सांसद् आशा कुमारी विकले बेपत्ताका परिवारलाई तत्काल परिचयपत्र प्रदान गर्न माग गर्नुभयो । सांसद् इन्दुकुमारी शर्माले क्रिप्टो करेन्सिले देशलाई टाट पल्टाउन लागेको भन्दै त्यसमा ध्यान दिन आग्रह गर्नुभयो । सांसद् कमला रोक्काले अलपत्र आयोजना निर्माणको काम तत्काल अघि बढाउन माग गर्नुभयो । अर्की सांसद् कलिला खातुनले गण्डकीमा कर आतंक मच्चिएको भन्दै त्यसलाई रोक्न माग गर्नुभयो । सांसद् कुमारी मेचेले सरकारले मल दिन नसकेको भन्दै आलोचना गर्नुभयो । सांसद् कृष्णगोपाल श्रेष्ठले काठमाडौंमा चितुवा आतंक मच्चिएको भन्दै बफर जोन एरियाका पर्खाल मर्मत र तार जालीको व्यवस्था गर्न माग गर्नुभयो । सांसद् कृष्णप्रसाद दाहालले बाढीले वाग्मती नदीको पुलमा क्षति पुर्याएकोले ध्यान दिन आग्रह गर्नुभयो । सांसद् कृष्णबहादुर राईले मतदाता नामावली संकलन कार्यलाई सहज बनाउन आग्रह गर्नुभयो । सांसद् केदार सिग्देलले निर्मला हत्याकाण्डको चार वर्षसम्म हत्यारा पत्ता नलागेको भन्दै आलोचना गर्नुभयो । अर्का सांसद् खगराज अधिकारीले प्रहरीको बढुवा सिफारिसमा परिवारवादको गन्ध आएको भन्दै आलोचना गर्नुभयो । सांसद् खेमप्रसाद लोहनीले बाढीबाट धादिङमा क्षति पुगेको बताउँदै आवश्यक क्षतिपूर्ति र राहतको व्यवस्था गर्न आग्रह गर्नुभयो । सांसद् गगन थापाले नेपाल कालो सूचिमा पर्ने कुराबाट जोगिन सरकारले के गरिरहेको छ भन्दै प्रश्न गर्नुभयो । सांसद् गजेन्द्र महतले जुम्लामा सडक मर्मत गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद् गणेश पहाडीले अनलाईन फाराम भर्दा पनि लाइनमा नै बस्नु पर्ने कुरा अन्त्य नभएको भन्दै सरकारको आलोचना गर्नुभयो । सांसद् गोमा देवकोटाले सरकार कुन कुनामा छ भन्दै किसान र विद्यार्थीले खोजिरहेको बताउनुभयो । सांसद् गंगा चौधरीले नागरिकता विधेयकमा सरकार लेण्डुप दोर्जेको बाटोमा गएको बताउनुभयो । निर्मलाको हत्यारा चार वर्षसम्म पत्ता नलागेको भन्दै उहाँले आलोचना गर्नुभयो । सांसद् घनश्याम खतिवडाले जनताले पाउने बिमा सेवा समेत प्रभावितभएको भन्दै सरकारको आलोचना गर्नुभयो । उहाँले जनताको आधारभूत स्वास्थ्यमा खेलबाड नगर्न आग्रह गर्नुभयो । सांसद् चाँद ताराकुमारीले प्रधानसेनापति सिड्नी भ्रमणमा जान लागेको भन्दै त्यसलाई रोक्न माग गर्नुभयो । सांसद् झपड रावलले गठबन्धन सरकार बनेको एक वर्षमा पनि निर्मलाको हत्यारा सार्वजनिक नगरेको भन्दै आलोचना गर्नुभयो ।
प्रतिनिधि सभा बैठकको शून्य समय : एसपीपीबाट सरकार पछि नहटेकोमा आलोचना
काठमाडौं । प्रतिनिधि सभाको मंगलबारको बैठकको शून्य समयमा सांसदहरूले एचपीए सम्मेलनमा प्रधानसेनापतिलाई पठाउन लागेको भन्दै सरकारको आलोचना गरेका छन् । बैठकमा बोल्ने सांसदले...
SUNRISE KHABAR
2 min read
