काठमाडौं । प्रतिनिधि सभाको मंगलबारको बैठकबाट मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७९ सर्वसम्मतीले पारित भएको छ ।
मंगलबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक,२०७९ माथि राष्ट्रिय सभाबाट भएको संशोधन माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्नुभएको थियो । बैठकलो सो प्रस्तावलाई सर्वसहमतिले पास गरेसँगै विधेयक पारित भएको छ ।
यस अघि गएको आइतबार सो विधेयक पास गर्ने बेलामा गणपुरक संख्या नपुगेपछि रोकिएको थियो ।
