काठमाडौं । योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७८ प्रतिनिधि सभाबाट पारित भएको छ ।
मंलबार बसेको प्रतिनिधि सभाको बैठकबाट साे विधेयक सर्वसम्मतिले पारित भएकाे हाे । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले 'राष्ट्रिय सभामा उत्पत्ति भएकाे योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७९ लाई पारित गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएकाे थियाे ।
त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ पेस गर्दै साे विधेयक सर्वसम्मतिले पारित भएकाे घाेषणा गर्नुभयाे । त्यसअघि मन्त्री पाैडेलले शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहित राष्ट्रिय सभामा उत्पत्ति भएको साे विधेयक माथि उठेका प्रश्नको जवाफ दिनुभएकाे थियाे ।
शिक्षामन्त्रीको जवाफपछि सभामुखले योगमाया आयुर्वेदिक विश्वविद्यालय विधेयक, २०७८ का सन्दर्भमा शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन १ देखि ५ सम्मका उल्लेखित संशोधनको प्रस्ताव निर्णायार्थ प्रस्तुत गर्नुभएकाे गियाे । साे प्रस्ताव पारित भएसँगै सभामुख सापकोटाले साे संशोधित प्रस्तावलाई प्रतिनिधि सभाबाट विधेयकको महत्वपूर्ण अंग बनोस् भनेर ध्वनी मतका आधारमा बहुमतबाट पारित भएको घोषणा गर्नुभएकाे हाे ।
साउन ८ गते बसेको प्रतिनिधि सभा बैठकमा पेस भएको साे विधेयक गणपुरक संख्या अपुग भएका कारण पारित हुन सकेको थिएन । राष्ट्रिय सभाबाट भएको संशोधनसहितको विधेयक सर्वसम्मतिले पारित भएको हो ।
