काठमाडाैं । प्रतिनिधि सभाकाे बैठक आज बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री श्री दिलेन्द्र प्रसाद बडूले राष्ट्रिय सभामा उत्पत्ति भएको 'स्टाण्डर्ड नाप र तौल (पाँचौं संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ ।
उहाँले नै राष्ट्रिय सभामा उत्पत्ति भएको 'प्रत्यायन (एक्रिडिटेशन) विधेयक, २०७६ माथि विचार गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभामा उत्पत्ति भएको 'नेपाल विशेष सेवा विधेयक, २०७६ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभाको सन्देश सहितको 'काठमाडौं उपत्यका सावर्जनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक,२०७६ माथिको दफावार छलफल सदनमा गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
राष्ट्रिय सभाको सन्देश सहितको 'काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६' माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ
बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री राईले नै राष्ट्रिय सभाको सन्देश सहितको 'काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ लाई पारित गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेकाे पनि संसद् सचिवालयले जनाएकाे छ ।
