काठमाडौं । प्रतिनिधि सभाको बिहीबार बसेको बैठकको शून्य समयमा बोल्ने सांसदहरूले विभिन्न समसामयिक विषमा कुरा उठाउनुभएको छ । बैठकमा बोल्दै सांसद् टेकबहादुर बस्नेतले राप्ती लोक मार्ग निर्माणमा ढिलाइ भएको गुनासो गर्नुभयो । सांसद् डिला सङ्ग्रौला पन्थले नर्सिङको यथेष्ट पठन पाठनको व्यवस्था मिलाउन आग्रह गर्नुभयो । सांसद् दिलकुमारीले मधेस प्रदेशमा लोकसेवा मार्फत पदपूर्ति गर्न आग्रह गर्नुभयो । सांसद् दिव्यमणि राजभण्डारीले अत्यावश्यक विधेयक फास्ट ट्र्याकबाट भए पनि पास गर्नु पर्ने बताउनुभयो । अर्का सांसद् दुर्गाबहादुर राउतले शिक्षकहरूलाई अपमान गर्ने कार्य बन्द गर्नुपर्ने बताउनुभयो । शिक्षामा परिवर्तन नभएसम्म समाजका हरेक परिवर्तन अवरुद्ध हुने उहाँले बताउनुभयो । सांसद् नरबहादुर धामीले शुक्लाफाँटा वन्यजन्तु आरक्षणको उचित व्यवस्थापन हुन नसकेको भन्दै गुनासो गर्नुभयो । अर्की सांसद् नरमाया ढकालले संसद्को कार्यकाल सकिँदा पनि सांसद् रेशम चौधरीलाई जेलमा नै राखिएको भन्दै सरकारको आलोचना गर्नुभयो । रेशम चौधरीलाई जेलमा राख्दा मतदाताको समेत अपमान भएको उहाँले बताउनुभयो । सांसद् नवराज सिलवालले ललितपुरको बाग्मतीमा ठुलो परिमाणमा क्लिङ्कर भएको थाहा पाएपछि निजी क्षेत्रले स्थानीयको जग्गा कब्जा गरेर पनि सिमेन्ट उद्योग नखोलेको प्रति ध्यानाकर्षण गराउनुभयो । अर्का सांसद् नारायण खतिवडाले शिक्षामा एउटै व्यवस्थामा दुई वटा अवस्था देखिएको बताउनुभयो । सामुदायिक विद्यालयको शिक्षा सुधार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सांसद् निरुदेवी पालले निर्मला पन्तको हत्यारा नसमातेको भन्दै आलोचना गर्नुभयो । निर्मलाको बलात्कारीलाई कानुनी दायरामा ल्याउन उहाँले माग गर्नुभयो । सांसद् पार्वतीकुमारी विसुंखेले बालबालिकाको समग्र विकासको लागि बाल विकास सहजकर्ताको उचित पारिश्रमिक व्यवस्था गर्न माग गर्नुभयो ।
प्रतिनिधि सभाको शून्य समय : यस्ता विषय उठाउनुभयो सांसदहरूले
काठमाडौं । प्रतिनिधि सभाको बिहीबार बसेको बैठकको शून्य समयमा बोल्ने सांसदहरूले विभिन्न समसामयिक विषमा कुरा उठाउनुभएको छ । बैठकमा बोल्दै सांसद् टेकबहादुर बस्नेतले...
SUNRISE KHABAR
1 min read
