काठमाडौं । प्रतिनिधि सभा सदस्य डा. शिवमाया तुम्बाहाम्फेले मौलिक हक उपयोग गर्दा मौलिक हकको नै उल्लङ्घन भएको बताउनुभएको छ । पशुपतिमा जारी महायज्ञमा बलात्कारको आरोपी कृष्ण गिरीसँग आशिरवाद थाप्न सरकारका मन्त्री, महान्यायाधिवक्ता र न्यायाधीशहरू समेत गएको भन्दै उहाँले आलोचना गर्नुभयो । गिरीलाई पशुपतिको महायज्ञबाट हटाउनु पर्ने उहाँले माग गर्नुभयो । शुक्रबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद् तुम्बाहाम्फेले बलात्कारका आरोपीलाई तारिखमा छाडेको भन्दै अदालतको समेत आलोचना गर्नुभयो । कानुन कार्यान्वयन गर्न सरकारले गम्भीर भएर सोच्नु पर्ने उहाँले बताउनुभयो ।
कृष्ण गिरीलाई पशुपतिबाट हटाइयोस् : शिवमाया तुम्बाहाम्फे
काठमाडौं । प्रतिनिधि सभा सदस्य डा. शिवमाया तुम्बाहाम्फेले मौलिक हक उपयोग गर्दा मौलिक हकको नै उल्लङ्घन भएको बताउनुभएको छ । पशुपतिमा जारी महायज्ञमा...
SUNRISE KHABAR
1 min read
प्रकाशित मिति:
शेयर गर्नुहोस्:
समाचारदाता
SUNRISE KHABAR
