काठमाडौं । प्रतिनिधि सभा सदस्य लालबाबु पण्डितले त्रिभुवन विश्वविद्यालयमा सत्तारुढ दलकै विद्यार्थी संगठनले तालाबन्दी गरेको भन्दै आलोचना गर्नुभएको छ । शुक्रबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै पण्डितले त्रिभुवन विश्वविद्यालयलाई अस्तव्यस्त बताइएको बताउनुभयो । ‘के त्रिभुवन विश्वविद्यालयलाई बन्द गर्न खोजिएको हो ?’, उहाँले भन्नुभयो । संघीयतालाई समाप्त पार्न वर्तमान गठबन्धन सरकार लागेको भन्दै उहाँले त्यसको पनि आलोचना गर्नुभयो । ‘संघीताको भावना र मर्म विपरीत यो गठबन्धन सरकार चलिरहेको छ’, उहाँले भन्नुभयो । पण्डितले संघ, प्रदेश र स्थानीय तहका निजामती कर्मचारी ऐन नल्याएको भन्दै सरकारकाको आलोचना गर्नुभयो । गठबन्धन सरकारले प्रदेश व्यवस्थापनलाई नै तहसनहस बनाएको बताउनुभयो । ऐनको अभावको कारण लोकसेवा मार्फत भर्ना प्रक्रिया अवरुद्ध भएको उहाँले बताउनुभयो । संघीयताको कार्यान्वयनको निम्ति र प्रशासनिक संघीयतालाई दरिलो बनाउनको निम्ति छिट्टै निजामती ऐन बनाउन उहाँले माग गर्नुभयो ।
गठबन्धन सरकार संघीयतालाई समाप्त पार्न लागेको छ : लालबाबु पण्डित
काठमाडौं । प्रतिनिधि सभा सदस्य लालबाबु पण्डितले त्रिभुवन विश्वविद्यालयमा सत्तारुढ दलकै विद्यार्थी संगठनले तालाबन्दी गरेको भन्दै आलोचना गर्नुभएको छ । शुक्रबार प्रतिनिधि...
SUNRISE KHABAR
1 min read
प्रकाशित मिति:
शेयर गर्नुहोस्:
समाचारदाता
SUNRISE KHABAR
