काठमाडौं । प्रतिनिधि सभा सदस्य मोहन बानियाले गठबन्धन सरकार दिन प्रतिदिन राष्ट्र र जनताको विरुद्धमा लागेको बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै बानियाले गठबन्धन सरकारले दिन प्रतिदिन गलत गलत सन्धि र सम्झौता गर्दै गएको भन्दै आलोचना गर्नुभयो । ‘नेपाल सरकारलाई यसमा सजग रहन चेतावनी दिन चाहन्छु’, बैठकमा बोल्दै बानियाले भन्नुभयो । राष्ट्रघाती एमसीसी पछि एसपीपी पनि पास गर्ने मुडमा सरकार रहेकोमा सांसद र जनताको दबाबको कारण सरकार रोकिएको उहाँले बताउनुभयो । अहिले पनि अमेरिकलाई पत्र नपठाएर सरकारले आनाकानी गरिरहेको उहाँले बताउनुभयो । नेपाली सेनाको प्रमुखलाई अष्ट्रेलीयमा हुने कार्यक्रममा सेना प्रमुखलाई पठाएको भन्दै उहाँले परराष्ट्र मन्त्रीले संसदमा स्पष्टीकरण दिनुपर्ने बताउनुभयो । सरकार आफ्नो स्वार्थको लागि राष्ट्रियतालाई नै बन्धन बनाउने गरी लागेको उहाँले टिप्पणी गर्नुभयो । राष्ट्रघाती नागरिकता विधेयक पास गरेको भन्दै उहाँले सरकारको आलोचना गर्नुभयो । यसको प्रभाव भोलिका दिनमा देखिने उहाँले बताउनुभयो । नेपाललाई युद्ध भूमि बनाउने प्रयासमा सरकार लागेको उहाँले बताउनुभयो । सरकारले नेपालाई युक्रेन जस्तै बनाउन खोजेको उहाँले टिप्पणी गर्नुभयो । नेपाली नर्सलाई बेलायत पठाउन लागेर सरकारले देशलाई स्वास्थ्यकर्मी विहीन बनाउन लागेको उहाँले बताउनुभयो । भोलि कहाँबाट स्वास्थ्यकर्मी ल्याएर देशमा उपचार गर्ने हो ? भन्दै उहाँले प्रश्न गर्नुभयो ।
गठबन्धनको स्वार्थको लागि राष्ट्रियतालाई बन्धन बनाइँदै : मोहन बानिया
काठमाडौं । प्रतिनिधि सभा सदस्य मोहन बानियाले गठबन्धन सरकार दिन प्रतिदिन राष्ट्र र जनताको विरुद्धमा लागेको बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभा बैठकको...
SUNRISE KHABAR
1 min read
