काठमाडौं । सरकारले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई अघि नबढाउने लिखित जानकारी अमेरिकालाई दिएको छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभामा सरकारका तर्फबाट बाेल्दै परराष्ट्र मन्त्री डा.नारायण खड्काले साे जानकारी दिनुभएकाे हाे । सरकारले साउन ९ गते कूटनीतिक माध्यममार्फत अमेरिकालाई लिखित जानकारी पठाइएकाे उहाँले बताउनुभयाे ।
मन्त्री खड्काले भन्नुभयाे - 'साउन ९ गते सरकारले कूटनीतिक माध्यमबाट एसपीपीलाई अगाडि नबढाउने लिखित जानकारी अमेरिकी सरकारलाई पठाइएकाे जानकारी सदनलाई जानकारी गराउन चाहान्छु ।' एसपीपीमा सहभागी नहुने निर्णय असार ३ गते बसेकाे मन्त्रिपरिषद् बैठकले गरेकाे उहाँले बताउनुभयाे
