काठमाडाैं । नेकपा एमालेका सांसद् डा. भीम रावलले अमेरिकी स्टेट पार्टनरसिप प्राेग्राम (एसपीपी) मा सहभागी नहुने भनि पठाएकाे पत्रकाे प्रतिलिपी उपलब्ध गराउन सरकारसँग माग गर्नुभएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठकमा सरकारका तर्फबाट परराष्ट्र मन्त्री डा. नारायण खड्काले एसपीपीमा सहभागी नहुने भनेर साउन ९ गते अमेरिकालाई लिखित पत्र पठाइएकाे जानकारी दिनुभयाे । साे विषयमा परराष्ट्रमन्त्रीसँग स्पष्टिकरण माग गर्दै सांसद् रावलले भन्नुभयाे - 'अमेरिकालाई पठाएकाे पत्रकाे पत्रकाे प्रतिलिपि उपलब्ध गराइयाेस्,साे पत्र उपलब्ध हुन्छ कि हुँदैन ?'
