काठमाडौं । परराष्ट्र मन्त्री डा. नारायण खड्काले अमेरिकी स्टेट पाटनरसिप प्रोग्राम (एसपीपी) समावेश नहुने पत्र नेपालले अमेरिकी सरकारलाई पठाइसकेको बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभा बैठकमा विशेष सार्वजनिक महत्त्वको विषयमा वक्तव्य दिँदै मन्त्री खड्काले सरकारले एसपीपीमा सहभागी नहुने विषयमा गरेको निर्णयको पत्र कूटनीतिक माध्वबाट अमेरिकालाई पठाइसकेको जानकारी दिनुभयो । ‘परराष्ट्र मन्त्रालयले यसलाई कार्यान्वयन गरिसकेको बेहोरा जानकारी गराउन चाहन्छु’, उहाँले भन्नुभयो । मन्त्री खड्काले साउन ९ गते कूटनैतिक माध्यमबाट नेपालले एसपीपीलाई अघि नबढाउने निर्णय गरेको लिखित जानकारी अमेरिकी सरकारलाई पठाएको संसद्लाई जानकारी दिनुभयो । पत्राचारको विषयमा आन्तरिक परामर्श गर्न केही समय लागेकोले ढिलाइ भएको उहाँले बताउनुभयो । एसपीपीको बारेमा नेपाल सरकारको स्पष्ट दृष्टिकोण रहेको उहाँले बताउनुभयो । नेपाल सरकार सन्तुलित परराष्ट्र नीतिको बारेमा स्पष्ट रहेको खड्काले बताउनुभयो । सरकार पञ्चशीलताको सिद्धान्तको आधारमा अघि बढ्ने उहाँले प्रष्ट पार्नुभयो । नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी हुने प्रश्न नै नउठ्ने उहाँले दाबी गर्नुभयो । एसपीपीमा सहभागी नहुने पत्र परराष्ट्र मन्त्रालयलाले अमेरिका नपठाएको भन्दै संसदमा चर्को आलोचना भएपछि परराष्ट्र मन्त्रीलेले बैठकमा पत्र पठाइसकेको जानकारी दिनुभएको हो । गठबन्धन सरकाले एसपीपीमा सहभागी हुने निर्णय गर्न लाग्दा व्यापक विरोध भएपछि गत असार ६ गते मन्त्रिपरिषद् बैठकले एसपीपीमा सहभागी नहुने निर्णय गरेको थियो ।
एसपीपीमा समावेश नहुने पत्र अमेरिका पठाइसकियो : डा. नारायण खड्का
काठमाडौं । परराष्ट्र मन्त्री डा. नारायण खड्काले अमेरिकी स्टेट पाटनरसिप प्रोग्राम (एसपीपी) समावेश नहुने पत्र नेपालले अमेरिकी सरकारलाई पठाइसकेको बताउनुभएको छ । शुक्रबार...
SUNRISE KHABAR
1 min read
