काठमाडौं । सांसद प्रेम सुवालले अमेरिकी सहायक विदेशी मन्त्री डोनाल्ड लुको नेपाल भ्रमणबारे सदनलाई जानकारी गराउन माग गर्नुभएको छ ।
शुक्रबार प्रतिनिधि सभामा बोल्दै सांसद सुवालले अमेरिकी मन्त्रीको नेपाल भ्रमणले शंकाउपशंका उब्जिएको भन्दै सरकारसँग स्पष्ट पार्न सरकारसँग माग गर्नुभयो ।
'एमसीसी सम्झौता गराउन गत मंसिरमा नेपालका आउनुभएक लु फेरि एसपीसी सम्झौता गराउन आउनुभएको हो ?' लु को भ्रमणमाथि प्रश्न गर्दै सुवालले भन्नुभयो- 'यसअघि एमसीसी सम्झौता गराउन गत मंसिरमा नेपाल आउनुभएका मन्त्री लु अमेरिका फर्केर प्रधानमन्त्री देउवा, प्रचण्ड र केपी ओलीलाई फोन गरी नराम्रोसँग धम्की दिइ एमसीसी सम्झौता पास गराएको विषय जनतामा चर्चामा छ । यसपाली पनि मन्त्रीलु एसपीपीबारे धम्की दिएर पास गराउन, समझदारी गराउन चर्चा छ । यसबारे सरकारले स्पष्ट गर्न जरुरी छ।'
