काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ प्रमाणित गर्नुभएकाे छ ।
सभामुख सापकाेटाले प्रतिनिधि सभामा उत्पत्ति भएर संघीय संसद्का दुबै सदनबाट पारित 'नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक' आइतबार प्रमाणित गर्नुभएकाे हाे ।
सभामुखले प्रमाणित गरेसँगै अब यो विधेयक प्रमाणिकरणका लागि राष्ट्रपतिको कार्यालयमा पठाइनेछ । राष्ट्रपति भण्डारीले प्रमाणिकरण गरेर नेपाल रापपत्रमा प्रकाशित भएपछि याे विधेयक लागू हुनेछ ।
साउन ६ गते बसेकाे प्रतिनिधि सभा बैठकले 'नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पारित गरेको थियो । राष्ट्रिय सभाले साउन १२ गते नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पारित गरेको थियो।
