काठमाडाैं । प्रतिनिधि सभा बैठक आज बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसाे १ बजे बस्ने बैठकमा विभिन्न विधेयक पेस गर्ने सम्भावित कार्यसूची छ । बैठकमा प्रतिनिधि सभामा उत्पत्ति भएको 'खानेपानी तथा सरसफाइ विधेयक, २०७७' का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने कार्यसूची छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त 'शपथ सम्बन्धी विधयेक, २०७९ माथि विचार गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त 'स्टाण्डर्ड नाप र तौल (पाँचौं संशोधन) विधेयक, २०७८ माथि विचार गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । उहाँले नै राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त 'प्रत्यायन विधेयक, २०७८ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त 'तथ्यांक विधेयक, २०७८ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
