काठमाडौं । नेकपा एमालेका सांसद् महेश बस्नेतले अर्थमन्त्री जनार्दन शर्माप्रति व्यंग्य गर्नुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् बस्नेतले पुन: अर्थमन्त्री नियुक्त हुनुभएकाे शर्माप्रति व्यंग्य गर्नुभएकाे हाे । उहाँले अनधिकृत व्यक्तिलाई राखेर करका दर हेरफेर गरेकाे आराेप लागेका शर्मामाथि छानबिन गर्न बनेकाे संसदीय छानबिन विशेष समितिले समितिकाे कामप्रति असन्तुष्टि जनाउनुभयाे ।
अर्थका नामका अनर्थमन्त्री जनार्दन नामका धनार्दन शर्मा बोलेकाे बताउँदै महेशले भन्नुभयाे - 'प्रधानमन्त्रीज्यूलाई धन्यवाद, कमरेड प्रचण्ड, माधव नेपाल, उपेन्द्र जी, दुर्गाजी लाई पनि धन्यवाद,गृहमन्त्रीज्यूलाई पनि धन्यवाद,छानबिन समितिलाई पनि धन्यवाद, मेटाएकाे सीसीटिभी फुटेज नदेखाएकाेमा, म लगायत कर्मचारीकाे कल डिटेल नहेरेकाेमा, अन्तर्वाता नलिएकाेमा, एमालेकाे फरक मतकाे इंनाेर गरेकाेमा, सत्ताकाे आडमा बहुमत पुर्याएर सफाइ दिएकाेमा,पुन मन्त्री पदमा नियुक्ति गराएकाेमा ।'
महँगी र भ्रष्टाचार, अनियमितता कुशासनको हिसाव जनताले गर्ने बताउँदै सांसद् बस्नेतले भन्नुभयाे - 'प्रधानमन्त्रीज्यू भाउजुकाे आदेश मान्नेछु, सुप्रिमाेजी डेटिङ्भित्र निश्चित रेटिङभित्र बुझाउनेछु, सहयाेग नगर्ने कर्मचारीलाई हटाउनेछु, कमिशन नखुवाउने उद्याेगलाई कारबाही गर्नेछु, चुनावी खर्च जुटाउनेछु, गठबन्धन जिताउन एमाले हराउन लाग्नेछु, अर्थका नामका अनर्थमन्त्री जनार्दन नामका धनार्दन शर्मा बोल्दैछु, जनताले सबै मूल्यांकन गरेका छन्, महँगी र भ्रष्टाचार अनियमितता कुशासनको हिसाव गर्नेछन्,जनता विराेधी देश विराेधी गठबन्धन कमजाेर हुनेछ ।'
