काठमाडौं । नेपाली कांग्रेसकी सांसद् डा. डिला संग्रौला किसानलाई मल उपलब्ध नगराएकाे भन्दै सरकारकाे ध्यानार्षण गराउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठककाे विशेष समयमा बाेल्दै सांसद् संग्राैलाले देशले नयाँ कृषि मन्त्री पाएपनि सरकारले किसानलाई मल उपलब्ध गराउन नसकेको भन्दै आपत्ति जनाउनुभयाे । तत्कालीन कृषि मन्त्रीले भारतबाट फर्के लगत्तै असारभित्रै किसानलाई मल उपलब्ध गराउने आश्वासन दिअहिलेसम्मएपनि मल नपाएको उहाँकाे भनाइ छ ।
गत असारमा धादिङका किसानहरू आक्रोशित भएर दुई ट्रक रासायनिक मल सडकमै लुट्दा पनि सरकार मौन बसेको समेत सांसद् संग्राैलाले बताउनुभयाे । सरकारले भारत सरकारसँग गरेको जी-टू-जी सम्झौताअन्तर्गत ल्याउन खोजेको मल दुई देशबीचको खरिदसम्बन्धी कानुनलाई मिलाउन समस्या भएकाले आउन नस 'के नयाँ चुनाव भएपछि मात्रै संशोधन गर्ने हो ? कि, अरु कुनै कारण छ, जवाफ चाहियो, मलको अभावमा देश भित्रै प्रांगरिक मल उत्पादन गर्ने हाम्रो योजना खोइ ? रासायनिक मल उत्पादन गर्ने कारखाना खोल्ने हो भने त्यसको योजना खै ?'- उहाँकाे प्रश्न छ ।
कृषिप्रधान देशमा वर्षेनी अर्बौंको चामल आयात भइरहेको र अहिलेसम्म पनि किसानले मल पाउन नसक्नु दु:खद विषय भएकाे संग्राैलाकाे भनाइ छ । मल अभावकै कारण बहुसंख्यक नेपालीले भात खान पाउने स्थिति आउने चेतावनी दिँदै संग्राैलाले भन्नुभयाे - 'साउन १५ गतेलाई खिर खाने दिन पनि भनिन्छ, यदि यस्तै स्थिति रह्यो भने खिरको त कुरै छोडौं, बहुसंख्यक नेपालीले भात पनि खान नपाउने स्थिति आउने छ ।'
कोरोना बीमाको रकम अहिलेसम्म भुक्तानी नगरिएको भन्दै उहाँले तत्काल भुक्तानी दिने व्यवस्था मिलाउन सरकारलाई आग्र पनि गर्नुभयाे । 'बीमा समितिले जारी गरेको कोरोना बीमा मापदण्डमा दाबी भुक्तानीमा सरकारले पनि दायित्व बहन गर्ने उल्लेख छ, तर मापदण्डअनुसार आफ्नो हिस्सामा परेको दायित्व भुक्तानी गर्नबाट सरकार पन्छिएको छ, त्यसैले एउटा मापदण्ड बनाएर देशभरी भुक्तानी हुन बाँकी रकम तत्काल भुक्तानी गर्ने व्यवस्था गर्न म सरकारको ध्यानाकर्षण गर्दछु'-संग्राैलाकाे भनाइ छ।
