काठमाडौं । प्रतिनिधि सभा सदस्य डा. भीम रावलले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाल सहभागी नहुने भनि पठाएको पत्र संसदीय समितिमा पेस गर्न माग गर्नुभएको छ । बिहीबार बसेको राज्यका निर्देशन सिद्धान्त र नीति दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा रावलले सो पत्र संसदीय समितिमा पेस गर्नु पर्ने बताउनुभयो । ‘संविधानको सम्मान गरेर अमेरिकालाई पत्र पठाएको हो भने त्यो पत्र संसदमा दिनलाई के कठिनाइ पर्यो ?’ रावलले भन्नुभयो । अधिकार सम्पन्न संसद्लाई सो पत्र देखाउनु हुँदैन भन्ने कुरा गलत भएको उहाँले बताउनुभयो । ‘संसद्लाई विश्वास आफै नगर्ने, आफैँ पत्र नदिने, अनि भन्ने के भन्दाखेरि सरकार माथि विश्वास नगरेको, अनि उहाँहरूले संसद् माथि विश्वास गरेको खोइ त ?’ रावलले प्रश्न गर्नुभयो । संसदीय समितिको निर्णय र सांसदको माग सरकारले मान्नुपर्ने रावलले बताउनुभयो । उहाँले समितिले मागेका कागजात नपठाएर सरकारले समितिको अवमूल्यन गरेको बताउनुभयो ।
भीम रावलको प्रश्न : सरकारले संसद् माथि विश्वास गरेको खोइ ?
काठमाडौं । प्रतिनिधि सभा सदस्य डा. भीम रावलले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाल सहभागी नहुने भनि पठाएको पत्र संसदीय समितिमा...
SUNRISE KHABAR
1 min read
प्रकाशित मिति:
शेयर गर्नुहोस्:
समाचारदाता
SUNRISE KHABAR
