काठमाडाैं । नेकपा एमालेका सांसद् खेम प्रसाद लोहनीले सरकारले एसपीपीमा सहभागी नहुने भनेर पठाएकाे पत्रकाे प्रतिलिपि उपलब्ध गरार्न सरकारसँग माग गर्नुभएकाे छ ।
बिहीबार सिंहदरबारमा बसेको राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै सांसद् लाेहनीले सरकार गैरजिम्मेवार बनेकाे बताउनुभयाे ।
उहाँले भन्नुभयाे - 'एसपीपीमा सहभागी निर्णय सरकारले गर्याे भनेर मन्त्रीजीले संसद्मा सुनाउनुभयाे,पत्र पठाइयाे भन्नुभयाे, के पत्र पठाउनुभयाे ? खाेइ त त्याे पत्र ? याे संवेदनशिल विषय हाे, के लेखियाे ? कस्ताे पत्र पठाइयाे ? त्याे पत्रकाे प्रति हामीले खाेजिरहेका छाैं,सरकारले त्याे दिनुपर्छ ।'
सरकारले जनता र समितिलाई एसपीपी सम्झौतामा सहभागी नहुने भनेर पठाएको पत्र उपलब्ध नगराउनु राष्ट्रप्रतिको धोका भएकाे समेत उहाँले बताउनुभयाे । सरकारले एसपीपीमा सहभागी हुने पत्र पठायौँ भनेर पत्र नपठाइ जनतालाई ढाँटेको हुन सक्ने समेत सांसद् लाेहनीले बताउनुभयाे । पत्रबारे जानकारी नगराउनु राष्ट्रप्रति, जनताप्रति धाेका भएकाे उहाँकाे भनाइ छ ।
'सरकारले संसद्मा उभिएर एसपीपीमा सहभागी हुँदैनाैं भन्ने, पत्र नपठाउने,पत्र पठायाैं भनेर ढाँटछल गर्ने,के पत्र पठाउनुभयाे भन्दा पत्र सार्वजनिक नगर्ने याे राष्ट्रप्रति धाेका हाे,जनताप्रति धाेका हाे ।'
